समृद्धि फाइनान्सले ल्यायो ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

लोकपथ
156
Shares

काठमाडौं । समृद्धि फाइनान्सले मुद्दती निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ ।

समृद्धि फाइनान्सको पाँच वटै शाखाबाट यो सेवा लिन न्यूनतम ५० हजार रुपैयाँदेखि नै खाता खोल्न सकिने व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन्।

फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधिकत्तम १० प्रतिशत सहित आर्कषक ब्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?