काठमाडौं । नेकपा एमालेले स्थानीय निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएको छ ।
बिहीबार र शुक्रबार गरी दुई दिन काठमाडौंमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशभरबाट जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएका हुन् ।
प्रशिक्षणमा सहभागि हुन आएका जनप्रतिनिधिहरुले प्रशिक्षण तथा अभिमुखीकरणको दोस्रो र अन्तिम दिन आज २० बुँदे संकल्प सार्वजनिक गरेका छन् ।
पार्टीले स्थानीय निर्वाचनमा जारी गरेको घोषणापत्रको आधारमा प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धतासहित २० संकल्पहरु समावेश गरिएको छ ।
जसमा ‘हामी शासक होइन, जनताको सेवक हुनेछौँ, हाम्रो नेतृत्वमा रहेका पालिकाहरु सुशासनका नमूना बन्नेछन्, हामी सदाचारमा नमूना बन्नेछौँ, सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढंगले र सार्वजनिक हितमा प्रयोग गर्नेछौँ ।’ लगायत २० संकल्पहरु समावेश गरिएको छ ।
त्यसैगरी आफू पनि भ्रष्ट्राचार नगर्नेदेखि अरुलाई पनि भ्रष्ट्राचार गर्न नदिने समेत संकल्पमा उल्लेख रहेको छ ।
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले प्रमुखमा २०५ स्थानमा जित हासिल गरेको छ । भने उपप्रमुखमा २४० स्थानमा जित हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया