रामेछाप जिल्ला समन्वय समितिका अधिकृत सुवेदीमाथि छुरा प्रहार

मन्थली : जिल्ला समन्वय समिति रामेछापका अधिकृत नारायण सुवेदीमाथि गएराती छुरा प्रहार भएको छ । 

मच्छेडाँडीमा रहेको अाफ्नै निवासमा सुतिरहेका सुवेदीमाथि राती ९ बजेतिर मुखमा मास्क लगाएर पसेको व्यक्तिले अाक्रमण गरेको हो । 

सुवेदीमाथि अाक्रमण हुँदा परिवारका सदस्यहरू अन्य कोठामा सुतेको बतार्इएको छ । छुरा प्रहार गरेपछि अाक्रमणकारीले घटनास्थलमै छुरा फालेर बरण्डाबाट फाल हानी भागेको सुवेदीले बताएका छन् ।

घार्इते सुवेदीलार्इ उपचारका लागि हाल धुलिखेल अस्पतालमा राखिएको छ । उनको राती नै शल्यक्रिया भएको अस्पतालले जानकारी दिएको छ । 

अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?