अमेरिका भ्रमणबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने

लोकपथ
35
Shares

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आसन्न अमेरिका भ्रमणबारे प्रस्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको छ ।

शुक्रबार बसेको समितिको बैठकले अमेरिकाभ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।

अमेरिकाको स्टेट पार्टनरशीप प्रोगामबारे विवाद उत्पन्न देखिएपछि समितिले आज त्यसबारे पनि छलफल गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग समितिले छलफल गरेको हो ।

सो क्रममा परराष्ट्रमन्त्री खड्काले एसपीपीको सम्झौतामा नेपाल सहभागि नहुने स्पष्ट पारेका छन् । भने प्रधानसेनापति शर्माले एसपीपी सम्झौताका लागि सेनाले पठाएको भनिएको डकुमेन्ट नै फेक भएको स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?