ट्रकले ठक्कर दिँदा रूपन्देहीमा स्कुटी चालकको मृत्यु

रुपन्देही : ना ५ ख ७०७७ नम्बरको ट्रकले ठक्कर दिँदा जिल्लाको मणीग्राममा लु ७ प ८७७७ नम्बरको स्कुटीका चालक राम बिकको ज्यान गएको छ ।

बुटवल ४ निवासी बिक भैरहवाबाट वुुटवलतर्फ अाउँदै थिए । विपरित दिशाबाट अार्इरहेको ट्रकले बिक चढेको स्कुटीलार्इ ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घार्इते भएका बिकलार्इ उपचारका लागि क्रिमसन अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?