शुक्रबार २ घण्टा मात्र सेयर कारोबार, ७ अंकले घट्यो नेप्से

लोकपथ
91
Shares

काठमाडौं । आजदेखि शुक्रबार पनि नियमित कारोबारमा आएको सेयर बजार ७ अंकले घटेर बन्द भएको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ७ दशमलव ५६ अंकले घटेर १९७१ दशमलव ३८ बिन्दुमा रोकिएको छ ।

२ घण्टा मात्र खुलेको बजारमा ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ०.६९ अंकले घटेर ३८१.१४ बिन्दुमा झरेको छ ।

जम्मा २२० कम्पनीको २३ लाख ५४ हजार ९११ कित्ता सेयर खरिदबिक्री हुँदा ७३ करोड ६२ लाख ३५ हजार २९८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

सरकारले अर्थतन्त्रमा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थको खपत कम गर्नको लागि जेठ महिनाभर शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिएको थियो

आइतबार पनि सार्वजनिक बिदा भएसँगै सेयर बजार सोमबारदेखि शुक्रबार खुला गरिएको थियो । तर सरकारले पुनः आइतबारको बिदा खारेज गरेसँगै नेप्सेले आइतबारसहित शुक्रबार सातामा ६ दिन नै बजार खुला गर्ने निर्णय गरेको थियो ।

आइतबारदेखि बिहीबारसम्म ११ बजेदेखि ३ बजेसम्म बजार खुला रहे पनि शुक्रबार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्र कारोबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?