एसपीपीको च्याप्टर क्लोज !

लोकपथ
161
Shares
k//fi6«dGqL 8f v8sf ;~rf/sdL{;Fu sf7df8f}F, !$ c;f]h . k//fi6«dGqL 8f gf/fo0f v8sf cd]l/sfdf ePsf] ;+o’Qm /fi6«;ª3sf] &^cf}F dxf;efdf efu lnO{ laxLaf/ :jb]z kms{g] qmddf lqe’jg cGt/fli6«o ljdfg:yn ;~rf/sdL{;Fu s’/fsfgL ub}{ . t:jL/ M /Tg >]i7÷/f;;

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को च्याप्टर क्लोज भइसकेको बताएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै मन्त्री खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को च्याप्टर क्लोज भइसकेको बताएका हुन्। उनले अन्त्य भइसकेको विषयलाई कोट्याएर बस्नु उचित नहुने बताए । मन्त्री खड्काले एसपीपीको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट बिहीबार गृहमन्त्री बालकृष्ण खाँणले नेपाललाई एसपीपी स्वीकार्य नहुने भनिसकेको उल्लेख गर्दै कुनैपनि हालतमा एसपीपी अघि बढ्न नसक्ने बताए। उनले सबैले नेपालको स्वाभिमान र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने पनि बताए ।

उनले भने, ‘यो एउटा सकिसकेको च्याप्टर हो । यो अघि बढ्ने छैन, बढाइने छैन ।यसबारेमा हिजो मात्रै पनि प्रधानमन्त्रीको तर्फबाट गृहमन्त्री
बालकृष्ण खाँणले नेपाललाई एसपीपी सम्झौता नेपाललाई स्वीकार्य हुँदैनभनिसक्नुभएको छ । नेपाली सेनाको प्रेस विज्ञप्ती आइसकेको छ । स्वयं अमेरिकी दुतावासबाट पनि कुराहरु आइरहेका छन् । प्रधानमन्त्रीजीले यो अघि बढ्दैन  भनिसक्नुभएको छ । यो त एउटा टुंगेको विषय हो नि । यसमा हामीले बारम्बार खोतल्न हुँदैन । हामी आफैँ स्वाभीमान र आत्मविश्वासका साथ अघि बढौं ।’

मन्त्री खड्काले सरकार मुलुकको सार्वभोमिकता, भौगोलिक अखण्डता र सीमा सुरक्षाको सम्बन्धमा गम्भीर रहेको पनि स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?