११ चैत्र २०७९, शनिवार

दलित हैन शिल्पी

२०७४,आश्विन,२९,आईतवार ०९:४१

0
Shares

काठमाडौँ, २९ असोज ।राष्ट्रिय शिल्पी आन्दोलन नेपालले नेपालको संविधानमा आफूहरुलाई हेला गरी ’दलित’ भनी लेखिएकामा आपत्ति जनाउँदै दलित हटाई ’शिल्पी’ शब्द समावेश गर्न माग गरेको छ ।यहाँ आज आयोजित पत्रकार सम्मेलनमा शिल्पी आन्दोलनका संयोजक दानबहादुर विश्वकर्माले आफूहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूचीमा उम्मेदवारको सूची बुझाउँदा ‘पहिले दलित भनी प्रमाणित’ गरेर आउन आयोगले आदेश दिएको भनी विरोध गरे ।पे्रस विज्ञप्तिमा आदिम कालदेखि पेशाका रुपमा लत्ताकपडा, गरगहना, हातहतियार, भाँडावर्तन, कृषि औजार, जुत्तालगायत सामग्री, पोशाक, घर, मठमन्दिर, महल दरबार, देवस्थल, मुकुट, सिंहासनलगायत शिल्पसम्बन्धी पेशा व्यवसाय गर्दै आएका विश्वकर्मा, सार्की, दमार्इं, गन्धर्व, वादी, पोडे, च्यामे, मोची, धोबी, कोरी, तत्मा, दुसाध, पासीलगायत जातिलाई अपमानित गरेर दलित भनिएकामा विरोध गरिएको छ ।दलित प्रमाणित गराएर मात्र प्रदेशसभा तथा प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार बन्न पाउने नीतिलाई अबिलम्ब खारेज गर्न सरकारसँग माग गरिएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०९:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११