८ कार्तिक २०७८, सोमवार

म्याग्दीको खोरियास्थित ११ घर पहिरोको जोखिममा

२०७५,भाद्र,७,बिहीवार ०१:४२


म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका– २ खोरियामा पहिरोका कारण ११ घर जोखिममा परेका छन् । 

खोरियाको कमेरीखोल्सामा गएको पहिरोका कारण धारा टोलका ११ घर जोखिममा पर्नुका साथै ८९ घरधुरीलाई दैनिक कार्य गर्न र विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको स्थानीयबासी ज्ञानबहादुर पाइजाले बताए । 

निरन्तरको पहिरोका कारण जोखिम मोलेर आवतजावत गर्नुपर्ने भएकाले उक्त वडाका वडाध्यक्ष गमप्रसाद विश्वकर्माले स्थानीयबासीलाई सर्तकता अपनाउन अनुरोध गरिएको बताए। बर्खा रोकिएपछि पहिरो नियन्त्रणको काम गरिने उनले अाश्वासन दिएका छन् । 

यसैबीच सोही वडाको जुगेपानीको पहिराले पदमार्ग बगाएपछि स्थानीयबासी पाँच मिनेटको बाटो पार गर्न ३० मिनेट घुमाउरो बाटो प्रयोग गर्न बाध्य भएका छन् । गाउँपालिकाको केन्द्र मुनादेखि लमसुङ जाने बाटोमा पर्ने जुगेपानीमा करीब १०० मिटर पदमार्ग पहिरोले बगाएपछि धनमाने, खोरियाका बासिन्दालाई कमेरीखोल्साको घुमाउरो बाटो हिड्नुपर्ने भएको हो ।

प्रकाशित मिति: २०७५,भाद्र,७,बिहीवार ०१:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लमजुङ । पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका–३ खुदी आससास केन्द्रविन्दु बनाएर आज राति

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका कार्यालयले गाउँ फर्क अभियानअन्तर्गत एक लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । जग्गाविहीन नागरिकलाई

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश शिक्षाको केन्द्र बन्नसक्ने प्रशस्त सम्भावना रहेको बताएका छन् । उच्च

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका – २ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले विद्युत्गृह बगाएपछि

ताजा समाचार

लमजुङमा भूकम्पको धक्का महसुस
 २०७८,कार्तिक,८,सोमवार २२:१७
सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन
 २०७८,कार्तिक,८,सोमवार २२:०४
एमालेको पालिकास्तरमा मङ्गलवार अधिवेशन
 २०७८,कार्तिक,८,सोमवार २१:३०
च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध
 २०७८,कार्तिक,८,सोमवार २१:१६