संगठन विस्तारमा जुट्यो एकीकृत समाजवादी, तल्ला कमिटीलाई दियो यस्तो निर्देशन (पत्रसहित)

लोकपथ
104
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संगठन विस्तार र सदस्यता वितरणलाई तिव्रता दिने भएको छ ।

असार २ गते बिहीबार बसेको एकीकृत समाजवादीको संगठन विभागको बैठकले असारदेखी भदौसम्म संगठन विस्तारमा जोड दिने निर्णय गरेको हो ।

पार्टीको संगठनविभाग प्रमुख तथा महासचिव डा. वेदुराम भुसालको अध्यक्षतामा बसेको बैठकले अन्तरसगठन निर्देशन जारी गर्दै सबै जिल्ला तथा प्रदेश कमिटीहरुलाई निर्देशन दिएको छ ।

पार्टीको केन्द्रीय परिषद्लाई पूर्णता दिनका लागि पार्टीको विधानको धारा २६ (क) र ८ अनुसार सदस्यहरुको नाम आगामी असार ७ गतेभित्र पठाउन सबै जिल्ला÷विशेष र जिल्ला कमिटीहरुलाई निर्देशन दिइएको छ । भने धारा(२६ को ९, १० र ११ अनुसार नाम पठाउन मोर्चा/जनसंगठनलाई निर्देशन दिने निर्णय गरेको छ ।

केन्द्रीय परिषद्को सदस्य चयन गर्दा पार्टी विधानमा तोकिएको योग्यता पुगेकाहरुबाट नाम चयन गरि पठाउनुपर्ने र नाम पठाउँदा सम्बन्धित संघीय निर्वाचन क्षेत्र तथा मोर्चाबाट पहिले नै प्रतिनिधित्व भइसकेको भएमा भने त्यसैलाई कायम गरिने बताइएको छ ।
तर पार्टी एकता प्रक्रियाबाट आएकाहरुको हकमा भने उक्त कुरा लागू नहुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?