माछापुच्छ्रे बैंकले ल्यायो साढे ६ वर्षमा डबल धमाका योजना

लोकपथ
117
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ‘माछापुच्छ्रे स्मार्ट मुद्धती खाता’ संचालनमा ल्याएको छ । उक्त खाताअन्तर्गत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नुहुनेछ ।

माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम ५० हजार रुपैयाँमा नै खोल्न सकिनेछ । बैंकले यस खातामा साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई प्रदान गर्ने छ ।

इच्छुक ग्राहकले बैंकका देशभर रहेका १६५ शाखाहरुबाट यो खोल्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?