काठमाडौं–काठमाडौंको पुरानो बसपार्कमा बनाउने भनिएको २९ तले भ्यू टावरको निर्माण कार्य अझै सुरु हुन सकेको छैन । सम्झौता अवधि सकिएको ६ महिना कट्दासम्म सो कार्य सुरु हुन नसकेको हो । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।
सो टावर तीन वर्षभित्र बनाउने शर्तमा काठमाडौं महानगरपालिकाले जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग २०७१ फागुन ८ गते सम्झौता गरेको थियो । सम्झौताको ८ महिनापछि २०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्द बहादुर पुनले त्यसको शिलान्यास गरेका थिए । शिलन्यासको ६ महिनापछि २०७३ बैशाख २२ गते त्यहाँको बसपार्क खुलामञ्चमा सारेर निर्माणस्थलको वरपर जस्तापाताले बारिएको थियो । त्यसैलाई नै भ्यूटावरको अहिलेसम्मको प्रगती मान्दा हुने भएको छ । भित्र निर्माण सामग्री थुपारिएका छ भने निर्माण कार्यमा प्रयोग गर्ने उपकरणहरुले निर्माणस्थल भरिएको छ ।
यद्यपि सम्झौताकर्ता प्रमुख मनोज भेटवालले छिट्टै निर्माण थाल्ने दावी गर्दै भने –‘छिट्टै थाल्छौँ । गृहकार्यमा छौँ ।’ तर उनले काम थाल्ने मिति तोक्न सक्नुभएन । यसबारे सोध्दा व्यस्त छु भन्दै टेलिफोन राखे ।
स्मरणीय छ, केन्द्रीय अनुसन्धान ब्युरोले भेटवाललाई एपेक्स बैंकको २ अर्ब घोटला काण्डमा बैशाख ३ गते पक्राउ गरेको थियो । उनमाथि कमसल जग्गा धितो राखेर बैंकमार्फ ११ करोड ९० लाख लिएको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया