१ कार्तिक २०७८, सोमवार

अर्को साता बिम्स्टेक शिखर सम्मेलन, के के छन् योजना?

२०७५,भाद्र,६,बुधबार १५:०३


काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्र/सरकार प्रमुखहरुको चौथो शिखर सम्मेलन यही भदौ १४ र १५ गते हुने पक्का भएको छ । 

म्यान्माको नेपिट्मा सन् २०१४को मार्चमा सम्पन्न तेस्रो शिखर सम्मेलनपछि नेपालले उक्त उपक्षेत्रीय सङ्गठनको अध्यक्षता ग्रहण गरेको हो । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी चौथो शिखर सम्मेलन र त्यससम्बन्धी बैठकहरुमा बिम्स्टेक सदस्य देशहरुले सहभागिताको सुनिश्चितता गरेको जनाएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ १४ गते बिम्स्टेक राष्ट्रका नेतासँग भेटवार्ता गर्नुका साथै सोही दिन भण्डारीले दिवाभोजको आयोजना समेत गर्ने योजना छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिखर सम्मेलनको अध्यक्षता गर्नेछन् । पारस्परिक सहायताका क्षेत्रमा बिम्स्टेकले हालसम्म गरेका प्रगतिको शिखर सम्मेलनमा समीक्षा हुुनुका साथै उक्त सङ्गठनका भावी काममा दिशानिर्देश गर्नेछ । सोही दिन साँझ प्रधानमन्त्रीले विविध सांस्कृतिक कार्यक्रमसहित रात्रिभोज आयोजना गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भदौ १५ गते बिम्स्टेकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको उपस्थितिमा सङ्गठनको वैधानिक दस्तावेजमा हुनेछ भने उक्त उच्च नेतृत्वले काठमाडौँ घोषणापत्र अनुमोदन गर्नेछ ।

चौथो शिखर सम्मेलन अगाडि यही भदौ १२ गते उच्च अधिकारीहरुको नवौँ बैठक, तथा १३ गते बिम्स्टेकका परराष्ट्रमन्त्रीहरुको १६औँ बैठक काठमाडौँमा हुनेछ । 

प्रकाशित मिति: २०७५,भाद्र,६,बुधबार १५:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी रहेको छ । पेरिसडाँडामा सोमबार बिहान ८ बजेबाट जारी रहेको

काठमाडौं । गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार

एसपी यादवर/ सर्लाही । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले जनता समाजवादी पार्टी मुद्दामा आधारित पार्टी रहेको बताएका

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि

ताजा समाचार

वर्षाले कृषि बालीलाई राहत
 २०७८,कार्तिक,१,सोमवार १०:४७
बढ्न थाले महिलामाथि हिंसाका घटना
 २०७८,कार्तिक,१,सोमवार १०:२६
पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा
 २०७८,कार्तिक,१,सोमवार ०९:४३
बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८