आज दिनभरका मुख्य-मुख्य खबर (भिडियाेसहित)

लोकपथ
91
Shares

१  अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’(एसपीपी) को विषयले तात्यो नेपालको राजनीतिक माहोल, सत्तापक्ष र प्रतिपक्ष आरोप प्रत्यारोपमा, ओली सरकारको पालामा एसपीपी सम्झौता गरेको विषय पुष्टि गर्न एमालेको चुनौती ।

२  जारी विनियोजन विधेयकको छलफलमा अर्थमन्त्रीको जवाफ चित्त नबुझेपछि एमालेले ग¥यो संसद बैठक बहिष्कार, प्रमुख प्रतिपक्षी दलबिना नै विनियोजन विधेयक–२०७९ बहुमतले पारित ।

३  अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम एसपीपीबारे सेनाको बोली बाँझियो, सेना सहभागि नभएको दाबी गरिरहँदा सन् २०१५ मै एसपीपी अनुबन्धनका लागि पठाइएको पत्र सार्वजनिक ।

४  निर्यात प्रवर्द्धन गरी आयात प्रतिस्थापनको लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको प्रधामन्त्री शेरबहादुर देउवाको भनाइ, नेपाली उत्पादनको निर्यात वृद्धि गर्न विदेशी लगानीकर्तालाई नेपालमा उद्योग व्यवसायमा लगानी गर्न प्रेरित गर्नुपर्नेमा जोड ।

५  सरकारले व्यापारीका प्रतिनिधि राखेर सेटिङमा बजेट ल्याएको एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोप, पञ्चायतको बेलामा पनि नभएको अभ्यास वर्तमान सरकारले गरेको टिप्पणी ।

६  बजेट निर्माणका क्रममा कुनै पनि बाहिरी व्यक्तिको संलग्नता नरहेको अर्थमन्त्री जनार्दन शर्माको भनाइ, राजश्व दर परिवर्तनमा कुनै गद्दारी र राष्ट्रघात गरेको भए पूर्ण जिम्मेवारी लिन तयार रहेको स्पष्टोक्ति ।

७  अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको दाबी, एमसीसी परियोजना कार्यान्वयनमा गइसकेको भन्दै अबका दिनमा नेपाली जनताले पाउने प्रतिफल देखिँदै जाने जिकिर ।

८  प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण सुनिश्चित भइनसकेको गृहमन्त्री बालकृष्ण खाँणको भनाइ, विभिन्न देशको निम्तोमा सरकारका पदाधिकारीहरु भ्रमणमा जानु स्वभाविक रहेको भन्दै कार्यतालिका बनेपछि संसदलाई जानकारी दिने प्रतिक्रिया ।

९  फोहोर र दूषित पानीको प्रयोग बढिरहेको बेला काठमाडौंमा हैजाका बिरामी फेला, चटपटे खाँदा स्वास्थ्यमा समस्या आएपछि टेकु अस्पताल पुगेका दुई जना बिरामीमा हैजा संक्रमण पुष्टि ।

१०  नेपालमा पनि भेटिए मंकीपक्स भाइरसका शंकास्पद बिरामी, दुबईबाट नेपाल फर्किएका एक युवकमा मंकीपक्स संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछी एयरपोर्टबाट सिधै टेकु अस्पताल पठाइयो ।

११  लगातार ६ दिनको गिरावटपछि बिहीबार सेयर बजार दोहोरो अंकले बढ्यो, नेप्से परिसूचक १२ दशमलव ५७ अंकले बढ्दा एक अर्ब १८ करोडको सेयर कारोबार, १३७ कम्पनीको सेयर मूल्य बढ्यो ।

१२  भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा ६ रुपैयाँ ५२ पैसा र डिजेलमा १९ रुपैयाँ ३ पैसाले बढ्यो ।

१३  भारतमा वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर देखिँदै, विश्वकै प्रदुषित शहर दिल्लीका बासिन्दाको आयु १० वर्ष घट्यो, प्रदूषणका कारण दिल्ली र लखनउमा फोक्सो र श्वासप्रश्वासका बिरामी बढ्दै ।

१४  आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित, सिरिजमा कुल १३ विकेट लिएका अलराउण्डर करण केसी बने प्लेयर अफ द सिरिज ।

१५  इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक, अगस्ट ५ बाट सुरु हुने सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?