एसपीपीबारे बुझ्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलायो प्रधान सेनापतिलाई

लोकपथ
208
Shares

काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को बारेमा बुझ्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ ।

नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग एसपीपीका लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि संसदीय समितिले शुक्रबार बिहान ९ बजेका लागि बस्ने तय भएको बैठकमा प्रधानसेनापति शर्मालाई बोलाएको हो ।

प्रधानसेनापति शर्माको तय भएको पर्सिदेखि मिसन मुलुकहरूपछि हुने अमेरिका भ्रमणमा एसपीपीमा सम्झौतामा हस्ताक्षर गर्ने विषय सार्वजनिक भएपछि आलोचना भइरहेको छ । प्रतिनिधिसभाका सदस्यहरूले यस विषयमा सदनलाई जानकारी गराउनुपर्ने माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?