नेपाल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा डाटा शुल्क नलाग्ने

लोकपथ
442
Shares

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दाडाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिम कार्ड प्रयोग गर्ने ग्राहकहरुलाइ सो विशेष सुविध दिने गरी यही असार एक गते नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको हो ।

सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र नेपाल बैंक लिमिटेडका चिफ फाइनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको रोहबरमा नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाण्डौमा भएको एक समारोहमा नेपाल बैंक लिमिटेड मार्केटिङ तथा रिर्सच डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, कार्ड तथा डिजिटल डिभिजन प्रमुख संजिव जोशी, नेपाल टेलिकमका उपप्रबन्धकहरु खगेन्द्र बहादुर श्रेष्ठ र रंजित लोहिया लगायतको पनि उपस्थिति रहेको थियो ।

सो सम्झौताअनुसार नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ रजिष्ट्रार गर्ने सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?