१ कार्तिक २०७८, सोमवार

प्रकाण्डलाई अदालतमा उपस्थित गराउन आदेश

२०७५,भाद्र,६,बुधबार १४:०२


काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बिहीबार १० बजे अदालतमा उपस्थित हुन भनेको छ । 

विश्वकर्मा ढिला गरी सर्वोच्च अदालतमा उपस्थित भएको हुँदा इजलास तोकेर बहस गर्ने समय नभएका कारण बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुन भनिएको सर्वोच्च अदालतका मुद्दा महाशाखा प्रमुख नारायणप्रसाद पन्थीले जानकारी दिए ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सोमबार विश्वकर्मालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको थियो । सोही आदेशअनुसार आज विश्वकर्मा अदालतमा उपस्थित भएका छन् ।

गैरकानूनीरूपमा पक्राउ गरी थुनामा राखेको उल्लेख गर्दै थुनामुक्त गर्न सर्वोच्च अदालतमा आइतबार वीरेन्द्र विश्वकर्माले रिट निवेदन दायर गरेका थिए ।

विश्वकर्मालाई यही भदौ १ गते न्यायाधीश चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको थियो । 

सर्वोच्च अदालतको आदेश आएकै दिन राति पुनःविश्वकर्मा पक्राउ परेका थिए । विश्वकर्मालाई व्यापारीसँग रु. सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारबाही अघि बढाएको थियो । विश्वकर्मा प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति: २०७५,भाद्र,६,बुधबार १४:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी रहेको छ । पेरिसडाँडामा सोमबार बिहान ८ बजेबाट जारी रहेको

काठमाडौं । गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार

एसपी यादवर/ सर्लाही । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले जनता समाजवादी पार्टी मुद्दामा आधारित पार्टी रहेको बताएका

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि

ताजा समाचार

बढ्न थाले महिलामाथि हिंसाका घटना
 २०७८,कार्तिक,१,सोमवार १०:२६
पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा
 २०७८,कार्तिक,१,सोमवार ०९:४३
बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८