भरत शमशेरलाई यसरी सम्झिए बाबुरामले

काठमाडौं । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले स्वर्गिय भरत शमशेर राणा राणा खलकमै विद्राही स्वभावको नेता भएको बताएका छन् । 

स्व.राणाको १३ औँ दिनको पुण्यतिथी पारेर काँग्रेसले पार्टी कार्यालय सानेपामा बुधबार गरेको कार्यक्रममा भट्टराईले आफुलाई समेत राणाले राजनीतिमा आउन थप मद्दत गरेको स्मरण गरे । 

तत्कालिन समयमा आफु कोठामा बस्दा राणा आफ्नो कोठामा राजनीतिबारे कुरा गरेको स्मरण गर्दै उनले राणासँग राजनीतिक मात्रै नभएर व्यक्तिगत सम्बन्ध पनि राम्रो भएको बताए । 

उनले रााणा दरबारमा हुर्किएको मान्छे भएपनि विद्रोहमा लागेर लोकतान्त्रिक आन्दोलनलाई साथ दिएको बताए । उनले हिसिला यमीसँगको सम्बन्ध पारिवारिक बन्न पनि राणाको योगदान रहेको स्मरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?