राप्रपाको महिला संगठन अध्यक्षमा अञ्जना शाह रावल

लोकपथ
260
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षमा अञ्जना शाह रावललाई मनोनित गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्ष पदमा मनोनयन गरिएको पत्र हस्तान्तरण गर्दै जिम्मेवारी दिएका हुन् ।

लामो समय पत्रकारिता गरेकी रावलले पछिल्लो एक दशकदेखि राप्रपामा आबद्ध रहि विभिन्न जिम्मेवारी सम्हालेकी थिइन् ।

रावललाई तीन महिनाभित्र संगठनको महाधिवेशन गर्ने म्याण्डेट दिइएको छ । यसअघि अध्यक्ष रहेकी कुन्ती शाही पार्टीको महामन्त्री निर्वाचित भएपछि संगठनमा अध्यक्ष पदबाट राजीनामा गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?