काठमाडौं । विनियोजन विद्येयकमाथिको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा निरन्तर अनुपस्थित भएसँगै सांसदहरुले चर्को विरोध गरिरहेका छन् ।
संसदमा संवेदनशील विषयको जवाफ माग गरिरहे पनि प्रधानमन्त्री देउवा अनुपस्थित भएको भन्दै सांसदहरुले त्यसबारे जवाफ माग गरेका छन् ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद डा. भीमबहादुर रावलले प्रधानमन्त्री बिरामी भएको हो वा विदेश गएको हो भन्दै व्यंग्य गरे ।
उनले प्रधानमन्त्री कार्यालयको बारेमा समेत आफै धारणा राख्न नसक्ने भन्दै पदमा बसिरहन नमिल्ने टिप्पणी गरे ।
‘आफ्नो कार्यालयको जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई त्यो पदमा बसिरहन नैतिकताले दिन्छ । त्यसकारण कमसेकम न्यूनतम नैतिकताको ख्याल गरेर सम्मानीय प्रधानमन्त्रीजीले आएर यहाँ आफ्नो मन्त्रालय आफ्नो कार्यालयको कुराको जवाफ दिनुस् नभए बिरामी हुनुहुन्छ भने कुन देशको राजदूतसँग वार्तामा हुनुहुन्छ ? जानकारी पाउँ धन्यवाद ।’ उनले भने ।
त्यसो त भीम रावलले मात्र नभएर नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री संसद नआउनुको कारण माग गरेका छन् ।
अमेरिकी स्टेट पार्टनरशिप प्रोगाम (एसपीपी) बारे विवाद भइरहेका बेला प्रतिपक्ष मात्र नभइ सत्तापक्षकै सांसदहरुले समेत प्रधानमन्त्रीको जवाफ माग गरिरहेका छन् । तर प्रधानमन्त्रीले भने कार्यव्यवस्ताको कारण संसद आउन नसकेको जवाफ पठाउँदै बाहिरी कार्यक्रमहरुमा व्यस्त भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया