सेयर बजारमा दोहोरो अंकको वृद्धि

लोकपथ
195
Shares

काठमाडौं । लगातार घटिरहेको नेपाली सेयर बजारमा आज बिहीबार भने दोहोरो अंकको वृद्धि देखिएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १२.५७ अंकले बढेर १९७८.९४ विन्दुमा पुगेकाे छ ।

त्यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ३.१० अंकले बढेर ३८२ विन्दुमा पुगेको छ ।

कूल २२१ वटा कम्पनीकाे ३५ लाख ९४ हजार ५ सय ९४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १८ करोड ७१ लाख ४५ हजार रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

कूल १३ उपसमूहमध्ये ११ वटा उपसमूहमा हरियाली छाउँदा लाइफ इन्स्याेरेन्स समूह र लगानी उपसमूह भने घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?