सरकारले भन्यो- ‘एसपीपीमा नेपाल जाँदैन जाँदैन’

लोकपथ
65
Shares

काठमाडौं । सरकारले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोगाम (एसपीपी) सम्झौतामा नेपाल नजाने स्पष्ट पारेको छ ।

सरकारले शैन्य रणनीतिसँग जोडिएको एसपीपीमा नेपाल जान लागेको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले थप स्पष्ट पारेको हो ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीका तर्फबाट विनियोजन विद्येयकमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले सो कुरा प्रस्ट पारेका हुन् ।

उनले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी बताए । त्यसैगरी केही सांसदहरुले एमसीसी र एसपीसी एकै भएको भ्रम रहेको भन्दै त्यो फरक फरक विषय रहेको समेत बताए ।

‘नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुनै सक्दैन ।’ उनले भने, ‘केही माननीयजीले एमसीसीकै कारण एसपीपी आएको भने । दुबै एक होइनन । एमसीसी हामीले सुरुदेखि नै पास गर्छौ भन्यौँ, गर्यौं । अब एसपीपीमा नेपाल जाँदैन भनिरहेका छौँ । जाँदैन जाँदैन ।’

एसपीपीबारे संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने सांसदहरुले आवाज उठाएपछि प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्रीले जवाफ दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?