पाँच मानव अधिकारकर्मीलाई मृत्युदण्डको माग

काठमाडौं । साउदी अरबको सरकारी अभियोक्ताले पाँच मानव अधिकारकर्मीहरुलाई मृत्युदण्डको माग गरेका छन् । उनीहरुविरुद्ध हाल एक गोप्य आतंकवादी अदालतमा सुनावाई चलिरहेको छ । यो कुरा ह्युम्यान राईट वाचले बाहिर ल्याएको हो ।

पक्राउ परेका मध्य एक इस्रा अल–घोम्घम पनि छिन् । साउदी अरबका अभियानकर्मीहरुका अनुसार उनी सम्भवत मानव अधिकारसम्बद्ध भएकामध्य मृत्युदण्ड सामना गर्ने पहिलो महिला हुन् । 
उनीमाथि विरोध भड्काएको र आन्दोलनकारीहरुलाई नैतिक समर्थन दिएको जस्ता आरोप लागेको छ ।

“कुनै पनि प्रकारको मृत्युदण्ड आलोचनायोग्य हुन्छ तर इस्रा अल–घोमघमजस्ता हिंस्रक क्रिया गरेको आरोप समेत नलागेका अभियानकर्मीहरुलाई मृत्युदण्ड दिन खोज्नु दानवीयता हो,” ह्युमन राइट्स वाचका मध्य पूर्व निर्देशक साराहा लेह ह्वाइटसनले बुधबार जारी गरेको एक वक्तव्यमा उल्लेख छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?