अमेरिकी सेना नेपाल आउने कुरामा सत्यता छैन : मन्त्री कार्की

लोकपथ
130
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताएका हुन्। उनले नेपाल सार्वभौम राष्ट्र भएको उल्लेख गर्दै एक देशबाट अर्को देशको नागरिक अवतजावत गर्ने प्रक्रियाहरु रहेकोले बिना प्रक्रिया कुनै व्यक्ति, सेना आउने र रहने कुरा कुरामै सिमित रहेको दाबी गरे। उनले एमसीसी परियोजना कार्यान्वयनमा गइसकेको भन्दै अबका दिनमा नेपाली जनताले पाउने प्रतिफल देखिँदै जाने पनि बताए।

उनले भने, ‘एमसीसी परियोजना अब कार्यान्वयनमा गइसकेको छ । जुन उद्देश्यका साथ एमसीसी परियोजना लागू भएको छ नेपालमा संसदबाट करिव करिव सहमतिमा एमसीसी परियोजना लागू भएको हो । यसबाट नेपाली जनताले पाउने प्रतिफल देखिँदै जानेछ । एमसीसी परियोजनालाई समयमै सम्पन्न गरेर यसको लाभबाट नेपाली समाजलाई लाभान्वित गर्नको लागि हामी सबैले साझा प्रयत्न गरौँ । हाम्रो सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हो । र एक देशबाट अर्को देशको नागरिक अवतजावत गर्ने प्रक्रियाहरु छन् । ती प्रक्रियाबिना कुनै व्यक्ति, सेना आउने, रहने कुरा कुरा मात्रै हो । यसमा कुनै सत्यता छैन ।’

मन्त्री कार्कीले एमसीसी परियोजनालाई समयमै सम्पन्न गरेर यसको लाभबाट नेपाली समाजलाई लाभान्वित गर्नको लागि सबैले साझा प्रयत्न गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?