आफ्ना मागहरु पूरा नभएको भन्दै संसदबाट बाहिरिए एमालेका सांसद

लोकपथ
247
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु संसदबाट बाहिरिएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा आफूहरुले राखेका मागहरु सम्बोधन नभएको भन्दै एमालेका सांसदहरु संसदबाट बाहिरिएका हुन् ।

आफूहरुले उठाएका मागहरुको कुनै सुनुवाइ नभएको र जबरजस्ती अर्थमन्त्रीलाई संसदमा उभ्याइएको एमालेको आरोप रहेको छ ।

‘जनताले सुन्ने नचाहेको विषय यहाँ सुनाउन खोजेर सभामुखले वास्तवमा संसदीय मर्यादा पनि पालना गर्नु भएन कि भन्ने चिन्ता लागेको छ । उहाँका जवाफहरु जनता र प्रतिपक्षीका लागि सुन्न लायक नभएका कारण हामी यस संसदमा बस्न नसक्ने कुरा जानकारी गराउँदछु ।’ एमालेका प्रमुख सचेत विशाल भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?