आज पनि एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा

लोकपथ
78
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले बजेट निर्माणका क्रममा बाहिरका मान्छेहरुको संलग्नता रहेको भन्दै नेकपा एमालेले अर्थमन्त्रीको राजीनामा माग गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै एमाले सांसद भानुभक्त ढकालले वर्तमान गठबन्धन सरकारले मन्त्रीलाई ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् ।

यसअघि पनि नेकपा एमालेले अर्थमन्त्रीले बजेट बनाउने बेलामा बाहिरि मान्छेहरुको संलग्नता गराएको भन्दै राजीनामा माग गरेको थियो ।

आजको बैठकमा विनियोज विद्येयकमाथिको छलफलका क्रममा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेकोमा एमालेले अर्थमन्त्रीको उक्त कार्यसूची हटाउनका लागि आग्रह गरेको थियो । हाल अर्थमन्त्रीले विनियोजन विधेयकमाथि उठेका प्रश्नको उत्तर दिइरहेका छन् भने एमालेले त्यसको विरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?