अक्षयको ‘गोल्ड’ एक हप्ता पूरा, कमाइ कति गर्‍यो?

मुम्बई । अक्षयकुमारको पछिल्लो फिल्म ‘गोल्ड’ बुधवार १५ अगस्तमा रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा एक हप्ता कटाएको छ ।

अक्षयको यो फिल्म बक्स अफिसमा हिट भइसकेको छ । दोस्रो विकेन्डमा यो फिल्मले १ सय करोड बढी कमाउने आँकलन गरिएको छ । यो फिल्मले अहिलेसम्म ७५ करोड भारु कमाएको छ । साथै अक्षयकुमारको सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म समेत बन्न पुगेको छ यो फिल्म ।

बक्स अफिसमा गोल्डसँगै जोन अब्राहमको फिल्म ‘सत्यमेय जयते’ पनि छ । दुवै फिल्मले ओपनिङमा धमाका मच्चाए । पछि भने गोल्डले अझ राम्रो व्यापार गरेको भारतीय मिडियाले लेखेका छन् ।

‘गोल्ड’ ले ११० करोडको व्यापार गर्ने अनुमान गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?