ओलीको कटाक्ष : ‘गठबन्धनले एक सिटका लागि राज्य संयन्त्रको दुरुपयोग गर्‍यो’

लोकपथ
377
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा एक सिट जित्नका लागि गठबन्धनले राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धनले एक सिटका लागि जस्तो सुकै हर्कत गरेको आरोप लगाए ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै ओलीले एमालेको पक्षमा मत पर्न नदिनका लागि गठबन्धनले धाँधली गरेर, मान्छे मारेर र अपहरण गरेर भए पनि निर्वाचन जितेको आरोप लगाए ।

‘एउटा सिटका लागि राज्यसंयन्त्रको दुरुपयोग गरेर नेकपा एमालेको हातबाट किन अहिले भएको स्वतन्त्र र स्वच्छ निर्वाचन त्यसको परिणाम एमालेको पक्षमा जान्छ भन्ने उनीहरुलाई लाग्यो । त्यसै कारणले उनीहरु यस्तो संयन्त्रमा गए ।’ ओलीले भने, ‘एमालेको पक्षमा जान्छकी भन्ने उनीहरुलाई कुनै पनि हालतमा एमालेको पक्षमा जान नदिनका लागि मान्छे मारेर अपहरण गरेर जे जे गरेर पनि जित्ने । पैसा प्रशासन सबैको दुरुपयोग गरेर भए पनि जित्ने साथीहरुको योजना छ । साथीहरुको भन्नाले अहिलेको गठबन्धनलाई पनि मैले एउटा सभ्य भाषामा साथीहरु भनेँ । धाँधलीबादहरु, लोकतन्त्र विरोधी तत्वहरु ।’

उनले गत निर्वाचनमा सिटका आधारमा नेकपा एमालेले कम सिट ल्याए पनि पपुलर भोटका आधारमा एमाले अघि रहेको दाबी गरेका छन् ।

‘जित्यौँ भनेर नगरा जति पिटे पनि, जति ड्रम ठटाए पनि जति जे गरे पनि नेकपा एमालेको स्थिती के छ भने पपुलर भोटमा नेकपा एमाले छ ।’ ओलीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?