एसपीपी सम्झौता भए नेपाल अमेरिकी सेनाको अखडा बन्छ : भीम रावल

लोकपथ
234
Shares

काठमाडौं । नेकपा एमालेका सांसद डा. भीमबहादुर रावलले अमेरिकी स्टेट पाटर्नरशिप प्रोगाम (एसपीपी) कार्यान्वयन भएमा नेपाल अमेरिकी सेनाको अखडा बन्ने दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पूर्व सुरक्षा परिषद्ले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दैै पूर्वमन्त्री समेत रहेका नेता रावलले सो कुरा बताएका हुन् ।

नेपालले अमेरिकासँगको उक्त सम्झौता गरेमा नेपालको संविधान मिचिने, स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुने र नेपाल एशिया प्रशान्त क्षेत्रको भूमरीमा फस्ने दाबी गरे ।

‘यदि त्यो दिशामा गयो भने नेपाल अमेरिकी सेनाको अखडा हुन्छ । नेपालको संविधान मिचिन्छ । नेपालको स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुन्छ र नेपाल आजको प्रतिस्पर्धी विश्वमा एशिया प्रशान्त क्षेत्रको भुमरीमा फस्छ ।’ उनले भने ।

नेपालमा एसपीपी सम्झौता हुन लागेको भन्ने समाचारहरु बाहिरिएपछि संसदमा त्यसको चर्को विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?