बालाजु ५ लाख घुस काण्ड, डिएसपी अख्तियारमा

काठमाडौं, २९ असोज— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी बृत बालाजुका डीएसपी नवीकृष्ण भण्डारीलाई नियन्त्रणमा लिएको छ । गत असोनज ९ गते बालाजु बृतका घुमुवा असई चन्द्रसिंह भाटलाई ५ लाख घुससहित पक्राउ गरेको अख्तियारले भण्डारीको पनि संलग्नताको आशंकामा नियन्त्रणमा लिइएको हो ।भण्डारी पक्राउको विषयमा अख्तियार प्रवक्ता जीवराज कोइरालासँग हामीले जानकारी माग्दा उनी अहिले अख्तियार परिसरमा नै रहेको तर बयानको लागी बोलाइएको बताए । हिरासतमा नै राखेर अनुसन्धान गर्ने कि नगर्ने भन्ने सम्बन्धमा भने उनको बयानमा भर पर्ने कोइरालाको तर्क छ । दशैंको मुखमा असई एक्लैले केस मिलाइदिने भन्दै ५ लाख घुस मागे कि माथिल्लो तहसम्मै कनेक्सन हो भनी धेरै प्रश्नचिन्ह शिर्जना भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?