प्राणी एक, आयाम अनेक ! (फोटो फिचर)

मौरी मानिसको मित्र किरा हो । प्रत्येक मानिसको दैनिकीमा मौरीको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । मौरीले विश्वका सात अर्ब मानिसले दैनिक उपभोग गर्ने तेल, दाल, चामल, फलफूल, मसला लगायतका वस्तुहरूलाई परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ । मौरी विना खाद्यवस्तुको उत्पादन नहुने विज्ञहरुको भनाइ  छ ।  मौरी जाँगरिलो हुने, समूहमा बस्ने किरा हो ।

यसको जीवनचक्र र जीवनयापनलाई विस्तृत रुपमा नियाल्ने हो भने निकै रमाइलो र रोचक लाग्न सक्छ । 

मौरीहरु खानाको खोजीमा प्रत्येक दिन १० किलोमिटरसम्म यात्रा गर्दछन ।  एक पटक मह जम्मा गर्न यिनीहरुले ५०–१०० वटा फूल चुस्छन् ।  

मौरीले आफनो जीवनकालमा एक चम्चाको १२ भागको १ भागमात्र मह बनाउन सक्छ । संसारमा मौरी मात्र त्यस्तो किरा हो जसले बनाएको खाना मान्छेले खान मिल्छ । 

मौरीले १ सेकेन्डमा २ सय पटकसम्म पखेटा फटफटाउँछ र प्रतिघन्टा बढीमा २५ किलोमिटरसम्मको वेगले उड्न सक्छ । आफू गएका हरेक फूलमा मौरीले एक प्रकारको गन्ध छोड्छ । त्यो गन्ध अन्य मौरीले ५ मिटर टाढाबाट थाहा पाएर उक्त फूलमा जाँदैन । 

एउटा फूलको बोटबाट अर्को फूलको बोटसम्म पुग्ने सबैभन्दा छोटो बाटो पत्ता लगाउने क्षमता मौरीमा हुन्छ । सूर्यको किरणबाट मौरीहरू दिशा पत्ता लगाउने र बताउने गर्छन् । मौरीले आफ्नो अन्तिम घडीसम्म पनि जवान जसरी नै काम गर्न सक्छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?