बेम्बो फेसेलिटी सेन्टर स्थापना गर्न तीन करोड विनियोजन

लोकपथ
42
Shares

विराटनगर । प्रदेश १ सरकारले बाँस र बाँसजन्य उत्पादनका लागि तीन करोड बजेट विनियोजन गरेको छ । प्रदेश १ को प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बाँस खेती प्रवर्द्धनका लागि सो रकम विनियोजन गरेका हुन् ।

‘प्रदेशभित्र बाँस खेती प्रवर्द्धनका गरी कृषि आयआर्जन वृद्धि गर्न सरोकारवालासँगको सहकार्यमा बेम्बो फेसिलिटी स्थापनाका लागि सहयोग गर्न तीन करोड विनियोजन गरेको छु,’ मन्त्री आङबोद्धारा प्रस्तुत बजेटमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?