कलंकी अन्डरपास एक हप्ताका लागि बन्द

काठमाडौं । ६ दिनअघिबाट अनौपचारिक रुपमा सञ्चालनमा आएको कंलकीको अन्डरपास बन्द गरिएको छ । भदौ १ बाट सञ्चालनमा आएको कंलकीको अन्डरपासमा केही प्राविधिक काम नसकिएकाले एक साताका लागि बन्द गरिएको बताइएको छ ।

ट्राफिक प्रहरी कार्यालय कंलकीका निरीक्षक विमलकुमार थापाले दायाँबायाँ लाइट राख्न र पिच गर्न बाँकी भएकाले एक हप्ताका लागि बन्द गरिएको बताए ।

अन्डरपास बन्द भएपछि कंलकीमा फेरि जाम हुन थालेको छ । भदौ १ गतेबाट अन्डरपास सुचारु गरिए पनि यसले अझै औपचारिकता पाएको छैन ।

नेपालको पहिलो अन्डरपास समेत रहेको यो अन्डरपासमा ६ दिन परीक्षणका लागि गाडी चल्न दिइएको थियो ।

चीन सरकारको सहयोगमा यो कंलकी अन्डरपास निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?