प्रचण्डको दाबी- ‘एसपीपी केपी ओलीको पालामा आएका हो, अहिले कुनै सम्झौता भएको छैन’

लोकपथ
416
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी स्टेट पार्टनरशिप प्रोगाम (एसपीपी) तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अघि बढेको दाबी गरेका छन् ।

बिहीबार बिहान काठमाडौंमा आयोजित रितबहादुर खड्का स्मृतीमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले ओली नेतृत्वको सरकारले एसपीपीमा सम्झौता गरिसकेको बताउँदै सबैले त्यसबारे बुझ्न जरुरी रहेको बताए ।

उनले भने, ‘बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने सहमति २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सबैले बुझ्न जरुरी छ’

त्यसैगरी वर्तमान गठबन्धन सरकारले एसपीपीबारे सम्झौता गरिसक्यो भनेर हल्ला गरिए पनि त्यो गलत रहेको उनको भनाइ रहेको छ । गठबन्धनमा त्यस्ता कुनै पनि विषयमा छलफल नभएको प्रष्ट्रयाउदै आगामी दिनमा त्यस्ता कुनै राष्ट्र हितविपरितका सम्झौता हुन नदिने समेत बताए ।

प्रचण्डले भने, ‘हिजो आज एसपीपी सैन्य गठबन्धन भैसक्यो रे जसरी प्रचार भइरहेको छ, विल्कुल झुठो हो । म गठबन्धनको एउटा नेताको हैसियतले प्रधानमन्त्री र गठबन्धनमा भएका छलफलमा त्यस्ता कुनै सम्झौता भएको छैन, हुने छैन यो घोषणा गर्न चाहान्छु ।’

नेपालमा केही दिन यता एसपीपीको विषयमा ठूलो विरोध भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्यसको विरोध गरिरहेको छ । भने सत्तारुढ दलकै कतिपय सांसदह?ले त्यसको विरोध गरिरहेका छन् । यद्यपी प्रधानमन्त्री शेरबहादुर देउवाले भने कुनै पनि त्यस्ता सम्झौता गर्न नलागिएको स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?