नाइँ नभन्नु ल ५ : फिल्म रिलिजको बेलामा कलाकार किन गुमनाम?

काठमाडौं । चलचित्र ‘नाइँ नभन्नु ल ५’ को रिलिज मिति नजिकिएको छ । फिल्म आउँदो शुक्रवारबाट नेपाली सिनेमा हलमा प्रदर्शन हुँदैछ । यसअघिका सिरिजमा फिल्मले राम्रो व्यापार गरेको थियो । निकै नै आक्रामक व्यापार नगरे पनि फिल्मका सिरिज घाटामा गएका थिएनन् ।

यतिबेला चल्तीका कलाकारलाई लिएर निर्देशक विकासराज आचार्यले यसको पाँचौ स्वीक्वेल तयार पारे । तर, रिलिजको मितिमा आइपुग्दा कलाकार भने दर्शकमाझ त्यति देखिएनन् । डेब्यु कलाकार अभिषेक नेपाल पनि खासै मिडियामा आएनन् । अर्कातिर फिल्मकी मुख्य नायिका स्वस्तिमा खड्का पनि अर्को फिल्म ‘बुलबुल’ को छायांकनमा व्यस्त छिन् ।

एकातिर निर्माण टिमले फिल्म राम्रो बनिरहेको भनिरहेको छ । अर्कातिर फिल्मको खासै चर्चा पनि भइरहेको छैन । दर्शकलाई रिलिज मिति ‘भदौ ८’ भनेर चिनाउन नै सकेन भने चलचित्रले पक्कै पनि दर्शक तान्न सक्दैन होला । तर एक खालका दर्शक यो चलचित्रको पर्खाइमा छन् । त्यो पक्का हो ।

फिल्मका आकर्षण बालकलाकार सेड्रिना शर्मा र अनुभव रेग्मी पनि हुन् । चलचिलाई सामीप्यराज तिमिल्सिना र विकास राज आचार्यले लेखेका हुन् ।

चलचित्रको ट्रेलरका आधारमा केही संवाद समेत हिट भइसकेको यो फिल्मले दर्शकले मन जित्छ कि जित्दैन, त्यसका लागि भने केही दिन कुरे पुग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?