१८ औँ ‘एशियाड’: तेक्वान्दोमा निराशाजनक प्रर्दशन जारी

जाकार्ता । इन्डोनेशियामा भइरहेको १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत  नेपालका तेक्वान्दो खेलाडी विर बहादुर महरा प्रि-क्वाटरफाइनलबाटै बाहिरिएका छन् । 

बुधवार भएको पुरुष ६३ केजी मुनी तौल समूहको खेलमा नेपालका महरा काजकिस्तानका काज्बेक बाक्तीयाश्लीरुसँग ३०-१९ अंकले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् । 

यसअघि बुधवार नै भएको आउन्ड अफ ३२ को खेलमा उनले अफगानिस्तानका अहमद बस्कीलाई २४-१३ अंकले पराजित गर्दै प्रि-क्वाटरफाइनलमा पुगेका थिए ।

त्यस्तै, बुधवार नै भएको ८० केजी तौल समूहको खेलमा नेपालका भुपेन श्रेष्ठ अफगानिस्तानका रमेश हुसेइनीसँग २७—७ अंकले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् । 

एशियाली खेलकुदमा नेपालका लागि सर्वाधिक पदक भित्राएको तेक्वान्दोका ज्ञानी चुनारा, निशा रावल, अनुज पुजारी लगायत ६ खेलाडीको ‘एशियाड’ यात्रामा पूर्णविराम लागेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?