कर्णाली प्रदेशका १२ नेतामाथि एकीकृत समाजवादीले गर्यो कारबाही

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेशमा २० जना सदस्य मनोनयन गरेको छ ।

बुधबार सम्पन्न स्थायी कमिटी बैठकले कर्णाली प्रदेशमा २० जना सदस्य थप गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै बैठकले पार्टीविरोधी गतिविधि गर्ने १२ जनालाई हटाएको छ ।

‘कर्णाली प्रदेशमा २० जना प्रदेश सदस्य थपिएको छ भने पार्टी विरोधी गतिविधि गर्ने १२ जनालाई हटाएका छौ’, प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?