एकीकृत समाजवादीको ११ बुँदे प्रस्ताव : डुबानको समस्यादेखि मलको अभाव समाधानसम्म

लोकपथ
91
Shares

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बुधबार सम्पन्न स्थायी कमिटी बैठकबाट विभिन्न प्रस्ताव पारित भएको छ । बैठकबाट ११ बुँदे प्रस्ताव पारित भएको हो । जसमा दैनिक उपभोग्य वस्तुहरूको मुल्य नियन्त्रण गरि सुपथ मुल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष जोडदार माग गरिएको छ ।

यस्तै डुबानको समस्या समाधान, मलको अभाव समाधानलगायतका विषयमा पनि सो पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।

११ बुँदे प्रस्ताव :

१. पेट्रोलियम पदार्थ लगायत जनताको दैनिक उपभोग्य वस्तुको मुल्य अत्याधिक रूपमा वृद्धि भएको छ । मुल्यबृद्धिले जनताको दैनिक जीवन कष्टकर भैरहेको अवस्थामा यो बैठक इन्धनको मुल्य घटाउन र दैनिक उपभोग्य वस्तुहरूको मुल्य नियन्त्रण गरि सुपथ मुल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष जोडदार माग गर्दछ ।

२. खेतीपातीको समयमा मल तथा बिऊको आपूर्तिमा चरम अभाव देखिएको छ । यो बैठक किसानहरूलाई सहज तरिकाबाट मल तथा बिऊविजनको आपूर्ति व्यवस्था यथाशिघ्र मिलाउन सरकारलाई आव्हान गर्दछ ।

३. देशका विभिन्न स्थानहरूमा महिला तथा वालिकाह? माथि भइरहेको यौनिक हिंसा र सामूहिक बलत्कारको अपराधिक घटनाप्रति यो बैठक घोर विरोध गर्दछ । साथै, यस्ता जघन्य अपराधका घटनामा संलग्न अपराधि माथि कठोर कानूनी कार्वाहीको माग गर्दै पिडित महिला तथा वालिकाहरूको उचित संरक्षण, उपचार, पूनस्र्थापन र क्षतिपूर्तिका लागि सरकार समक्ष माग गर्दछ । र सुरक्षित सामाजिक जिवनको प्रत्याभूतिको पनि माग गर्दछ ।

४. यो वर्ष अत्याधिक वर्षा हुनसक्ने प्रक्षेपण गरिएको हुनाले प्राकृतिक प्रकोपको जोखिम न्युनिकरण, विपद व्यवस्थापनको पर्याप्त तयारी साथै संभावित खोज, उद्धार र राहत कार्यका लागि आवश्यक सबैखाले पूर्व तयारीमा ध्यान दिन यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ । साथै यो बैठक हाम्रो संपूर्ण पार्टी पंक्तिलाई संभावित विपद र यसको व्यवस्थापनका लागि आवश्यक पर्दा खोज, उद्धार र राहतका लागि तयारी रहन अपिल गर्दछ ।

५. भारतले नेपालको सीमाना नजिकै बनाएका बाँधहरूको कारणले नेपालको तराईको भू–भाग बर्षेनी डुवानको समस्यामा पर्दै आएको छ । अतः यो समस्यालाई नेपाल सरकारले भम्भीरतापूर्वक लिई भारतसँग बार्ताको माध्यमबाट दिर्घकालिन रूपमा समाधान गर्नका लागि पहल गरोस भन्ने यो बैठक माग गर्दछ ।

६. अमेरिका लगायत पश्चिमा शक्तिहरूले युक्रेनमाथि प्रभुत्व कायम गर्न गरेको प्रयत्न तथा यसले सृजना गरेको सुरक्षा संवेदनशीलताले गर्दा ?स र युक्रेनबीच युद्ध भड्किएको छ । यस युद्धले विश्व शान्तिमा गंभीर असर पारेको छ । यस युद्धले समग्र विश्वमा मानविय संकट, आर्थिक मन्दी, महंगी तथा खाद्यान्न संकटको स्थिति सृजना गरेको छ । तसर्थ, युद्धरत पक्षसँग यो बैठक तत्काल युद्धविराम गरी वार्ताद्वारा समस्याको समाधान गर्न र दिगो शान्ति कायम गर्न जोडदार अपिल गर्दछ ।

७. राष्ट्रिय हित, भौगोलिक अखण्डता र सावैभौमिकताको रक्षाका लागि नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको छ । नेपाल पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रको आधारमा छिमेकी तथा मित्र राष्ट्रहरूसँग आपसी हितका लागि सुमधुर सम्बन्ध कायम गर्न प्रतिबद्ध छ । हामी कुनै पनि सैनिक गठबन्धन, प्रतिरक्षा रणनीति र सुरक्षा योजनामा संलग्न हुन सक्दैनौँ । अतः उपरोक्त विषयलाई गम्भीरतापूर्वक मनन गर्दै, राष्ट्रहित विपरित कुनैपनि प्रकारको सैन्य वा सुरक्षा सहयोगको संझौता, समझदारी वा सन्धि नगर्न यो बैठक सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदछ ।

८. मार्क्सबाद लेनिनवादको मार्गदर्शनमा सहि विचार र राजनीतिक कार्यदिशा अंगालेका तर विभिन्न पार्टी र समुहमा विभक्त भइ क्रियाशील रहेका कम्युनिष्ट शक्तिहरूलाई कम्युनिष्ट आन्दोलनको रक्षा र समाजवादी क्रान्तिको लक्ष्यतर्फ अगाडि बढ्नका लागि एकताबद्ध हुन र एकीकृत पार्टी निर्माणको दिशामा अघि बढ्न यो बैठक सबै क्रान्तिकारीहरूमा हार्दिक अपिल गर्दछ ।

९. समाजवादी कार्यदिशा अंगालेका सम्पूर्ण बामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, सामाजिक आर्थिक रूपान्तरण, संघियता, धर्मनिरपेक्षता तथा संविधानको रक्षाको लागि एकताबद्ध हुन यो बैठक आग्रह गर्दछ ।

१०. प्रतिगामी, पुन?त्थानवादी तथा दक्षिणपन्थीह?बाट लोकतन्त्र, संघियता, धर्म निरपेक्षता, संविधान र जनताको सार्वभौमिकतामा प्रहार हुनसक्ने स्थितिप्रति सजग रहंदै यो बैठक बाम लोकतान्त्रिक गठबन्धनमा रहेका दलहरू लगायत संपूर्ण लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गर्दछ ।

११. स्थानीय तहको निर्वाचनमा विजय हुनु भएका सम्पूर्ण पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य एवं जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यह?लाई यो बैठक बधाई ज्ञापन गर्दे उहाँहरूको कार्यकाल सफलताको कामना गर्दछ । साथै, स्थानीय तह निर्वाचनको सफलताको लागि योगदान गर्नु हुने निर्वाचन आयोग, सरकारी निकाय, सुरक्षा अंग लगायत सम्पूर्ण निकाय र ब्यक्तिमा धन्यवाद ज्ञापन गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?