एकीकृत समाजवादीले बोलायो केन्द्रीय परिषद् बैठक

लोकपथ
336
Shares

काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय परिषद् समिति बैठक बोलाउने भएको छ ।बुधबार सम्पन्न स्थायी कमिटीको १२औं बैठकले असार १३ र १४ गते गर्ने केन्द्रीय परिषद् बैठक बोलाउने निर्णय गरेको हो । त्यसअघि पार्टी पोलिटब्युरो बैठक असार १० र ११ गते बस्नेछ ।

बुधबार सम्पन्न बैठकले पार्टी अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको प्रतिवेदन माथि छलफल भएर पारित भएको छ । छलफलमा २७ जना नेताहरुले आ–आफ्नो धारणा राखेको महासचिव बेदुराम भुसालले जानकारी दिए । छलफलपछि अध्यक्षले बैठकमा उठेका जिज्ञासाहरुको जवाफ दिंदै प्रतिवेदन पारित गर्न प्रस्ताव गरेको र सर्वसम्मतीले उक्त प्रतिवेदन पारित गरिएको उनको भनाइ छ ।

त्यसपछि बैठकले यस बीचमा पार्टी सचिवालयले गरेका विभिन्न राजनीतिक तथा सांगठनिक निर्णयहरुको अनुमोदन पनि गरेको उनको भनाइ छ । बैठकले ११ बुँदे समसामयीक प्रस्ताव पनि पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?