सातै प्रदेशको बजेट सार्वजनिक : बागमतीले सबैभन्दा बढी ल्याउँदा कर्णालीकाे सबैभन्दा कम

लोकपथ
2.1k
Shares

काठमाडौं । सातै वटा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गरेका हुन् ।

संविधान अनुसार संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्नुपर्नेछ ।

आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढी बजेट बागमती प्रदेशले ल्याएको छ । बागमती प्रदेशले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

दोस्रोमा मधेश प्रदेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाखका बजेट ल्याएको छ । त्यस्तै, लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ९१ करोड ४४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट ल्याएको छ भने गण्डकी सरकारले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको हो ।

कर्णाली प्रदेश सरकारले सबैभन्दा कम आगामी ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार रुपैयाँ बजेट ल्याएको छ ।

कर्णाली प्रदेशको बिशिष्ट भौगोलिकता र सामाजिक अवस्थालाई दृष्टिगत गरी सडक पूर्वाधार, खानेपानी, सिंचाइ, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रको सन्तुलित र तीव्र आर्थिक तिव्र विकास गर्ने, कृर्षि, पर्यटन, उद्योग, वन तथा वातावरण क्षेत्रका कार्यक्रममार्फत उत्पादनशील रोजगारी सिर्जना, जीवनस्तरमा सुधार, बहआयमिक गरिबी न्यूनीकरण गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?