सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच सम्झौता

लोकपथ
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र धनगढी, सुदुरपश्चिम अवस्थित किसान समूहबीच कृषि उत्पादकत्व वृद्धिको लागि ट्रयाक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकहरुलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट सोलिस र सोनालिका ट्रयाक्टर खरिद गर्न विपन्न वर्ग कर्जा अन्तर्गत ऋण प्रदान गर्ने र ती ग्राहकहरुलाई किसान समूहले बाई व्याक ग्यारेन्टी सुविधा समेत उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्नवर्ग कर्जा प्रमुख प्रविन कुमार दाहाल र किसान समूहकातर्फबाट प्रबन्ध निर्देशक शाहनवाज आलमले हस्ताक्षर गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?