कर्णाली प्रदेशले ल्यायो ३३ अर्ब ६१ करोडको बजेट

लोकपथ
104
Shares

सुर्खेत । आगामी आर्थिक वर्षकाे लागि कर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बुधबार पूँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार, चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार र वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार रुपैयाँ विनियोजन गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट ७१ करोड २९ लाख ७४ हजार, चालु आर्थिक बर्षको खर्च नभएर बाँकी रहन जाने अनुमानित रकम ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम ९ अर्ब २ करोड २० लाख, वित्तिय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ७२ करोड ६४ लाख र सशर्त अनुदानबाट ५ अर्ब ६९ करोड ६७ लाख रुपैयाँँ परिचालन गरिने मन्त्री विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?