७ कार्तिक २०७८, आईतवार

सुर्खेतस्थित भेरी पूल निर्माण अन्तिम चरणमा

२०७५,भाद्र,६,बुधबार ०२:४६


वीरेन्द्रनगर : कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित भेरी नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । 

सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित जामु र ताखाकुना जोड्ने भेरीमा पक्की पुल निर्माणको ९० प्रतिशत काम पूरा भएको छ । जामुस्थित भेरीमा लुम्बिनी–हिम्दुङ जेवी कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको हो । सो पुलको लम्बाइ ३५० मिटर छ । सम्झौताअनुसार पुल बनाउने अवधि पाँच वर्ष भए पनि तोकिएको अवधिभन्दा छिट्टै पुल निर्माण सम्पन्न हुन लागेको निर्माण कम्पनीका इञ्जिनियर दिनेशकुमार श्रेष्ठले जानकारी दिए । 

“हामीले समयमै पुल निर्माण सम्पन्न गछौँ,” उनले भने, “अहिले पुलको बीच भागमा प्लाष्टर गरिएको छ ।” स्थानीयवासी, राजनीतिक दल, कर्मचारीको उत्साहजनक साथ र सहयोगका कारण पुल समयमै निर्माण हुन लागेको र यही भदौभित्र पुल निर्माण गरिसक्ने उनको भनाइ छ । पुल सुरक्षाका लागि चार सय मिटर नदी किनारामा ढुङ्गा भर्ने काम गरिएको छ । 

यसअघि पुल नहुँदा ज्यान जोखिममा राखेर डुङ्गा चढ्ने गरिन्थ्यो । पञ्चपुरी नगरपालिकाको बाबियाचौर तथा सुर्खेत सदरमुकाम ज्यान जोखिमा राखेर जानुपर्ने बाध्यता रहेको पञ्चपुरी– १० जामुका सुरेन्द्र विष्टले बताए । राति भेरी नदी तर्न निकै समस्या हुने गरेको थियो ।

भेरीमा २०७१ मा ठूलो बाढी आएको थियो । सो बाढीले पञ्चपुरी नगरपालिका–१० मा सो झोलुङ्गे पुल बगाएको थियो । बाढीबाट ९३ परिवार विस्थापित भएका थिए । त्यसयता भेरी तर्न डुङ्गाको प्रयोग गरिँदै आएको छ । 

प्रकाशित मिति: २०७५,भाद्र,६,बुधबार ०२:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

गैँडाको खागसहित २ जना पक्राउ
 २०७८,कार्तिक,७,आईतवार १७:३१
उत्खनन र टापुका कारण बाढीको जोखिम
 २०७८,कार्तिक,७,आईतवार १७:२०
समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित
 २०७८,कार्तिक,७,आईतवार १७:०९