घनश्यामको कटाक्ष : ‘ओली कमरेड कुल्ला गर्नुहुन्छ कार्यकर्ताहरु बान्ता गर्छन्, योग्यता नै त्यहि हो’

लोकपथ
4.1k
Shares

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिस्ट आन्दोलनमा विचलन आउनुमा नेताहरुको निर्देशनको आधारमा कार्यकर्ताहरु उत्रिनु रहेको भन्दै कटाक्ष गरेका छन् ।

बुधबार ‘कम्युनिस्ट आन्दोलन : संकट र अबको बाटो’ विषायक गोस्टीमा बोल्दै नेता भुसालले एक कम्युनिस्ट पार्टीका नेताहरुले अर्को कम्युनिस्ट पार्टीलाई गाली गर्दा तीनका कार्यकर्ताहरु त्यसैमा उभिने गरेको भन्दै टिप्पणी गरेका छन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक अर्कालाई गाली गर्ने बित्तिकै उनका कार्यकर्ताहरु त्यसको प्रतिकारमा उत्रिने गरेको बताए । जसको कारणले कम्युनिस्ट आन्दोलन नै कमजोर भएको उनको बुझाइ रहेको छ ।

ओलीले माधव नेपालको नाम मात्रै लिएर कुल्ला गर्छु भनेमा एमालेका खास कार्यकर्ताहरु बान्ता गर्न लाग्ने टिप्पणी गरे । उनले कार्यकर्ताको संरचनाभित्र रहेपछि नेताको पक्षपोषणमा नलागे योग्यता नपुग्ने बताए ।

त्यसैगरी माधव नेपाल र प्रचण्डले एमालेलाई पत्तासाफ गर्ने उद्घोष गरेपछि ती कार्यकर्ताहरु लाठी डण्डा बोकेर प्रतिकारमा उत्रिनने उनले बताए ।

‘कमरेड ओलीले माधव नेपालको नाम मात्रै लिएर कुल्ला मात्रै गर्नुभयो भने एमालेको खास कार्यकर्ताले त बान्ता नगरिकन उसको योग्यता नै पुष्टि हुँदैन । उसले त कुल्ला नगरी हुँदैहुन्न । कमरेडले कुल्ला गर्नुहुन्छ कार्यकर्ताले बान्ता गर्छन् । कमरेडले पत्तासाफ गर्ने कुरा गर्नुहुन्छ, लाठीडण्डा लिएर मान्छे खडा हुन्छ ।’ भुसालले अघि भने, ‘हाम्रै कम्युनिस्ट आन्दोलनभित्र पनि हेर्नु न । जब कमरेड प्रचण्डले एमालेको पत्तासाप गरिदिनुपर्छ भन्नुहुन्छ । त्यसपछि माओवादी केन्द्रका साथीहरु लाठिडण्डा लिएर खडा हुन्छन् । किनकी त्यो योग्यता हो । त्यो माओवादी केन्द्रको कार्यकर्ता हुनुको योग्यता के हो भने कमरेड प्रचण्डले पत्तासाफ गरिदिन्छु एमालेको भनेपछि बाटो खोजेर निस्किहाल्नुपर्छ । योग्यता त्यसरी छुटिन्छ । माधव कमरेडले एमालेलाई धुलो चटाइदिन्छु । भनेपछि त्यसपछि हामी समाजवादीका मान्छेहरु पुत्ला जलाउनुपर्यो, हाम्रो योग्यता चाँही हामी कति पुत्ला जलाउछौँ केपी ओलीको त्यहाँ समाजवादीमा जोडिने त्यो अवस्था बनेको छ । भनेको तपाइँ चाहेर नचाहेर तपाइँ त्यो संरचनाभित्र हुनुहुन्छ भने तपाइँको योग्यता त्यही हो । भने हामी कता लैजाँदैछौँ यो सोसाइटीलाई, हामी कता लैजाँदैछौँ समाजलाई ?’

नेताहरु काम गर्न नसकेर डराइरहेको बेलामा कम्युनिस्ट आन्दोलन लगायतका कार्यक्रमहरु गरेर सातो बोलाउन लागिएको समेत बताए ।
‘यो मैले सातो फुक्ने कार्यक्रम भन्छु । हामी जस्ता डराइरहेका भागीरहेका पद खुस्किन्छकी भनेर भागिरहेका एकोहोरो हेर्ने भइसकेका हामी नियुक्तिको आशले पदको आशले अनेक आशले कापिरहेका मान्छेहरु यहाँ आउन पनि डराइरहेका हामीहरु म त्यो वर्गमा पर्छु ।’ उनले भने ।

त्यस्तै राजनीति गर्ने नेताहरु समाजका राम्रा शिक्षक रहेको बताउँदै उनीहरुले जे बोल्छन् समाजले त्यहि सिक्ने भन्दै उनीहरुले नराम्रो सूचना प्रवाह गर्न नहुने समेत बताए ।

‘राजनीति संस्कृती कति बिग्रियो हेर्नुहोस् त । राजनीतिक पार्टीहरुको अझ पनि ठूला राजनीतिक मूलप्रवाहका पार्टीका नेताहरु भनेका त समाजका गुरुहरु हुन् ।’ भुसालले भने, ‘शिक्षकहरु हुन् धेरै राम्रा शिक्षकहरु हुन् । तिनले जे बोल्छन् सोसाइटीले त्यसो सिक्छ । तिनले जे भन्छन् धेरै मान्छेहरुले त्यति बाटो होला भन्छ ।’

त्यसैगरी बाम गठबन्धनलाई कम्युनिस्ट पार्टीहरुका पुराना कुराहरुले रोकिराखेको उनको भनाइ रहेको छ ।

बाम एकतालाई माओवादी केन्द्रले अघि सार्दै आएको जनयुद्ध र एमालेले अघि सार्ने जनताको बहुदलीय जनवाद (जबज) रहेको उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?