काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले राजनीतिक दलका नेताहरुको नालायकीपनले युवाहरुमा निराशा आइरहेको भन्दै कटाक्ष गरेका छन् ।
बुधबार ‘कम्युनिस्ट आन्दोलन : संकट र अबको बाटो’ विषायक गोस्टीमा बोल्दै नेता भुसालले युवाहरु आक्रोशित भइरहेको बताए ।
‘राजनीतिक दलका नालायकीले निराश भएर एक खालको बलदाभावले सामाजिक सञ्जालमा आफ्ना आक्रोशहरु पोखिरहेका छन् ।’ भुसालले भने ।
त्यसैगरी उनले राजनीतिक दलहरुले आफ्ना कार्यकर्ताहरुलाई गलत प्रशिक्षण दिएको भन्दै त्यसले समाजमा नकारात्मक असर गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया