सेयर बजारको ओरालो यात्रामा निरन्तरता, नेप्से १९६६ बिन्दुमा ओर्लियो

लोकपथ
247
Shares

काठमाडौं । नेपाली सेयर बजारको ओरालो यात्राले आज बुधबार पनि निरन्तरता पाएको छ । आज सेयर बजारमा करिब ३० अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २९.८९ अंकले घटेर १९६६.३७ बिन्दुमा झरेकाे छ । नेप्से १.५० प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.६० अंकले घटेर ३७८.९० विन्दुमा झरेकाे छ ।

कूल २२९ वटा कम्पनीकाे ४१ लाख ८२ हजार ३ सय ६९ कित्ता सेयर खरिदबिक्री भएको एक अर्ब ४९ करोड १७ लाख ५८ हजार ८ सय १७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

आज कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । आज सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

यस दिन बलेफी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.७६ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?