राजपामा २९ महासचिव: पार्टी कार्यालयमा पदाधिकारी बस्ने कुर्चीसमेत हुन्न

काठमाडौं–सामान्यतया एउटा पार्टीमा कति जना महासचिव जिम्मेवारीमा रहन्छन् उत्तर स्वाभाविक आउँछ– ‘१ वा बढीमा २÷३ जना ।’ तर राष्ट्रिय जनता पार्टी (राजपा) यो मामिलामा पृथक् छ, सो पार्टीमा २९ जना त महासचिव मात्रै छन् ।

इतिहासकै शक्तिशाली मानिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा १ जना मात्रै महासचिव रहेका बेला संसद्को तेस्रो ठूलो दल राजपाले साढे दुई दर्जन नेतालाई महासचिव बनाएको छ ।
 सो पार्टीको केन्द्रीय समिति ८ सय १५ जनाको छ । अध्यक्ष मण्डलमा एक जना संयोजक रहने व्यवस्था छ, राजपामा अध्यक्ष मण्डलका ५ जना सदस्य छन् । हिजोका ६ वटा पार्टी मिलेर २०७४ वैशाख ७ गते राजपा गठन भएको हो । त्यसलगत्तै असार २३ गते निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको सो पार्टीले ७ दिनपछि दलको मान्यता पाएको थियो ।

पदाधिकारी संख्या धेरै भएपछि पार्टी कार्यालय नै साँघुरो भएको २८ मध्येका एक महासचिव केशव झाले बताए । नेपाल समाचारपत्र बाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?