न्यायालयमा राजनीतिकरण, पाँच महिनादेखि सर्वोच्च नेतृत्वविहीन

काठमाडौं–विगत पाँच महिनादेखि न्यायालय नेतृत्वविहीन अवस्थामा छ । गत ०७४ फागुन ३० मा न्यायपरिषद्ले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्ती र सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाइ समितीबाट अस्वीकृत भएसँगै न्यायालयले नयाँ नेतृत्व पाउन सकेको छैन । जस कारण सर्वोच्चमा नीतिगत निर्णयदेखि संवैधानिक इजलाससमेत प्रभावित बनेको छ ।

हाल सर्वोच्चमा १९ जना न्यायाधीशले न्याय सम्पादन गरिरहेका छन् ।
जसमध्ये वरिष्ठ न्यायाधीश कायममुकायमको हैसियतमा जोशी बिदामा छन् । यस्तै सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्रले कायममुकायमको हैसियतमा सर्वोच्चको नेतृत्व गरिरहेका छन्  । संविधानको धारा १२९ अनुसार सर्वोच्चमा प्रधानन्यायाधीशका अतिरिक्त बढीमा बीस जना न्यायाधीश रहने व्यवस्था गरिएको छ । तर, हाल सर्वोच्चमा प्रधानन्यायाधीश सहित १९ जना न्यायाधीश कार्यरत छन् ।

सर्वोच्चमा एक प्रधानन्यायाधीशसहित दुई न्यायाधीश पद पर्ति हुन सकेको छैन । यस्तै वरिष्ठ न्यायाधीश जोशी बिदामा बसेसँगै उनले पनि न्याय सम्पादनको काम गरेका छैनन् ।

वकिलहरुको छाता संगठन नेपाल बार यसोसिएसनले न्यायालयमा राजनीतीकरण भएको जनाएको छ । बारका महासचिब खम्मबहादुर खातीले न्यायालय क्षेत्रमा राजनीतिक हस्तक्षेप अन्त्य नहुँदासम्म समस्या समाधान हुन नसक्ने बताए । आजको नेपाल समाचारपत्र दैनिकमा अबर छापिएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?