नक्सालमा फक्सवागनको सुविधा सम्पन्न सोरुम

लोकपथ
104
Shares

काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक बिक्री वितरक, पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि जर्मन standard को फ्ल्यागशिप सोरुम खोलेको छ । कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।

नेपालका लागि मित्रराष्ट्र जर्मनीका राजदूत थोमस प्रिंज, र सञ्चारकर्मीको उपस्थितिमा उक्त सोरुम उद्घाटन गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

सोरुम उद्घाटनबारे टिप्पणी गर्दै पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिृकत विवेक विजुक्छेले नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न सोरुम खोल्न पाउँदा खुसी लागेको बताए ।

नयाँ सोरुम खोलेको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त सोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको उनले जानकारी दिनए । प्रमुख कार्यकारी अधिकृत विजुक्छेका अनुसार यो सोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म तनाव मुक्त भै फ्री सर्भिसिङ र Free Consumables पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?