५ सरकारी अस्पताललाई तोकियो ‘फोकल प्वाइन्ट’

काठमाडौँ– बिमस्टेक सम्मेलनका सहभागीलाई हुन सक्ने स्वास्थसम्वन्धि समस्याको निराकरण गर्ने जिम्मेवारी पाँचवटा सरकारी अस्पताललाई दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर, त्रिवि शिक्षण अस्पताल, पाटन, सिभिल र सैनिक अस्पताललाई स्वास्थ्यसम्वन्धि समस्या समाधान गर्ने फोकल प्वाइन्ट तोकेको छ । यसबाहेक मन्त्रालयले नेपाल मेडिसिटी, नर्भिक इन्टरनेशनल, काठमाडौँ मेडिकल कलेज ९केएमसी०लाई पनि तयारी अवस्थामा रहन निर्देशन दिएइको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आकस्मिक स्वास्थ्य तथा प्रकोप व्यवस्थापन युनिटका प्रमुख चुडामणि भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सम्मेलनस्थल र पाहुना बस्ने होटलमा समेत स्वास्थ्य युनिट खडा गरिने जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?